बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

‘सधैं अन’ मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

काठमाडौँ- ​एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन् । यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्सबिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् ।

एकदमै राम्रो ब्रोडब्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिले काही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरू फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा ल्याएको छ । विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक छ ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरूले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टहरूमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागू हुनेछ ।

'यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउँछ र हाम्रो सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरूका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रही रहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौं । यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ,' एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिन भने ।

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुने गरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामाग्री उपलब्ध हुँदैन । यसैगरी स्वास्थ्य एवं सुरक्षासम्बन्धी विश्वासिलो जानकारीहरूमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरू बुकमार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन् । यसको मतलब ग्राहकहरूले आफ्नो स्टाटस, पोस्टहरू राख्ने, फोटोहरू हेर्ने र राख्ने जस्ता कामहरू गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरू स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।
 

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…