टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ घोषित

काठमाडौँ- निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा भएको छ । ‘वूमन ईन कन्सर्ट’ अत्यधिक रुचाइएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरूलाई सशक्त बनाइन्छ । यो वर्ष प्रजिना गुरुङले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकी छन् भने निर्भया फाउण्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।
त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोश्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् ।
वूमन ईन कन्सर्ट २०२४ को शीर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्कले उदियमान महिला कलाकारहरूलाई प्रवर्द्धन गर्ने, उनीहरूलाई प्लेटफर्म प्रदान गर्ने समर्थन गर्न प्रतिबद्ध छ । टीभीएस र वूमन ईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्न प्रतिबद्धतालाई जोड दिएको छ ।
रक ब्यान्ड अभया र स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट, सन् २००३ मा स्थापना भएदेखि नै महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ ।
काठमाडौँ वर्ल्ड स्कुलमा आयोजित यस वर्षको कार्यक्रममा १,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता थियो, सबैले संगीतको माध्यमबाट महिला सशक्तीकरणको भावना मनाउन एकसाथ आएका थिए ।
यो ट्यालेन्ट हन्टको दोश्रो संस्करण हो जहाँ महिला संगीतकार तथा गायिकाहरूलाई तीन महिनाको वृहत् प्रशिक्षण दिँदै उनीहरूलाई संगीत उद्योगमा फस्टाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरिन्छ ।
टीभीएसले महिला सशक्तीकरणका पहलहरूलाई सधैं समर्थन गर्दै आएको छ र भविष्यमा पनि यस्ता पहलहरूलाई समर्थन गर्न तत्पर छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_VHgDbC6l4A_fry9by0ekgt51gc4ofizlupxzczyk2bwkeujxlxtnwupe6ec3hgph6ygiyqz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया