बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले थप दुई वटा उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले रुपन्देहीको भैरहवामा रहेको जगदम्बा सिन्थेटिक उद्योग र बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगको लाइन काटिदिएको हो ।
भैरहवा वितरण केन्द्रबाट विद्युत् सेवा लिइरहेको जगदम्बा र सिमरा वितरण केन्द्रबाट विद्युत् सेवा लिइरहेको हुलासको लाइन बुधबार राति ९ बजेदेखि काटिएको हो ।
जगदम्बाले करिब २० करोड ५० लाख ४३ हजार रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी रहेको भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले बताए । त्यस्तै, हुलासले करिब ११ करोड २९ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । यो समेत गरी प्राधिकरणले हाल ५ वटा उद्योगको लाइन काटिसकेको छ । यसअघि बक्यौता महसुल नतिरेको भन्दै प्राधिकरणले मंगलबार राति ९ बजेदेखि ३ वटा उद्योगको लाइन काटेको थियो ।
रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत् लाइन मंगलबार रातीबाट काटेको थियो । रिलायन्स स्पिनिङ मिल्सले करिब ७५ करोड, घोराही सिमेन्टले ५१ करोड र अर्घाखाँची सिमेन्टले ४४ करोड रुपैयाँ महसुल बुझाउन बाँकी छ ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया