संसदीय समितिले भन्यो- नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भयो
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको देखिएको जनाएको छ ।
बिहीबार सिंहदरबारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा क्रममा राज्यका नियमनकारी निकायहरूले ध्यान नदिँदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारी क्षेत्रमा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउँदै नबनाउने, नियमनकारी निकायहरू कमजोर हुने र दोस्रो चरणको नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए ।
बिहीबार समितिले अर्थ सचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतसँग सहकारी क्षेत्रको समस्याका बारेमा छलफल गरेको समिति संयोजक थापाले जानकारी दिए ।
संविधानले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको विकृति, बचत अपचलन लगायतका समस्याको समाधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_VmiPjkv7b0_az88csl4gdztyw3hnwkj9d6wq3iyhjxme0ostrfbq9tbnyfswx19gtsrnuyg.jpg)
प्रतिक्रिया