विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री दाहालले यही असार २८ गते बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखकले उक्त निर्देशन जारी गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । उनलाई समर्थन गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो एमालेले यही असार १७ गते आलोपालो सरकारको नेतृत्व लिने गरी नयाँ सरकार गठनको सहमति गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया