‘घरज्वाइँ’ को अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं - असार २८ मा प्रदर्शन हुने फिल्म ‘घरज्वाइँ’ को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। निर्देशक अनिल बुढा मगरले मगर समुदायको विवाह संस्कृतिलाई प्रस्तुत गरेको यो फिल्मले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको छ।
फिल्ममा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका छ, जहाँ उनीहरूको प्रेमकथा मगर संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ। फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
जनक घर्ती मगर निर्माता रहेको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।
प्रिमियर शोमा राम्रो प्रतिक्रिया प्राप्त गर्दै फिल्मले प्रमुख मल्टीप्लेक्स चेन क्युएफएक्समा ४० स्क्रिनमा ५७ शो पाएको छ। देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाज्ले १३ शो, एफक्युबले ६ शो, बिएसआर मुभिजले ५ शो दिएका छन्।
फिल्मको प्रचार सामाग्री र प्रिमियर शोको प्रतिक्रिया हेर्दा, निर्माता र वितरकले शुक्रवारबाट दर्शकको साथ र वर्डअफ माउथले शो र व्यापार दुवैमा बढोत्तरी हुने आशा गरेका छन्।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया