युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड खेल्ने

काठमाडौं - युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङ्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।
२०२० मा सम्पन्न युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
स्पेन र इङ्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया