संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने भएको छ ।
बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताएका हुन् ।
समितिले आज सहकारीका संचालक र पीडितहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पीडितले आफूहरूले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए ।
सभापति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।

संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल

‘सुशासनका लागि स्थायी सरकार आवश्यक छ’

पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’को निरीक्षण

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

बिहीबारसम्मका लागि संसद स्थगित

रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेः सचेतक बर्तौला

प्रतिक्रिया