डेडिकेटेड र ट्रंकलाइन विवाद : अटेर गर्ने तीन उद्योगको लाइन प्राधिकरणले काट्यो

काठमाडौँ- डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको छ । मंगलबार राति ९ बजे प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको हो ।
अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको हो । अर्घाखाँचीले ४४ करोड ८६ लाख, घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ र रिलायन्सले ७५ करोड ३७ लाख रूपैयाँ प्राधिकरणलाई वक्यौता तिर्न बाँकी छ ।
लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइनमार्फत् बिजुली उपभोग गरेका उद्योगहरूले शुल्क नतिरेपछि प्राधिकरणले १५ दिनको समय दिएर सूचना निकालेको थियो । तर उद्योगहरूले अटेर गरेर उक्त समयमा वक्यौता नतिरेपछि विजुलीको लाइन काटेको हो ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया