'कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसक्यो अब हुनेवाला केही छैन'

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससँग समीकरण तोडेपछि एमालेले खेल्ने ठाउँ पाएको र अहिलेको अवस्था आएको बताएका हुन् ।
उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षका लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको जिकिर गरे ।
माओवादीसँगको समीकरणपछि एमालेले मन्त्रिमण्डलमा पठाएका व्यक्ति हेर्दा समीकरण लामो समय नजाने आंकलन सबैले त्यसै बेला गरेको उनको भनाइ छ ।
केसीले अहिले कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अब हुनेवाला केही नभएको जिकिर गरे ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया