महिन्द्र राय यादव भन्छन्- नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ
काठमाडौँ- सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले प्रतिपक्षका सांसदहर"लाई असार २८ गतेसम्म पर्खिन आग्रह गर्दै नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्ने दाबी गरेका हुन् ।
उनले भने- ‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो । विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ । त्यसकारण मैले प्रतिपक्षका साथीहरूलाई आग्रह गर्न चाहन्छु–२८ गतेसम्म धैर्यता राखिदिनका लागि ।'
साथै सांसद यादवले दुई ठूला दल मिलेर संविधान संशोधनको कुरा उठाएको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजे मान्य नहुने बताए । उनले संविधानमा रहेको थ्रेस होल्ड हटाउन खोजिएको आशंका गर्दै संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ नगर्न चेतावनी दिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया