सहकारी पीडितको रकम फिर्ता गर्न बचतका आधारमा तीन चरणको वर्गीकरण गर्न सुझाव

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न बचतका आधारमा तीन चरणको वर्गीकरण गर्न सुझाव दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा अधिकारीले एक लाखसम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सोभन्दा बढी बचत गर्ने बचतकर्ता गरी तीन चरणमा वर्गीकरण गरी रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन् ।
उनले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन सकिने पनि सुझाव दिएको समिति संयोजक सूर्य थापाले बताए । भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, नियमनलाई कम महत्व दिएको र सुपरिवेक्षण हुन नसकेको कारणले सहकारीमा समस्या देखिएको धारणा पनि गभर्नरले राखेको उनले बताए ।
समिति संयोजक थापाले समितिमा गभर्नरका साथै बैंकर्स एशोसिएसन, कर्जा सूचना केन्द्र, पछिल्लो सहकारी सुझाव समितिसँग पनि छलफल गरेको जानकारी दिए । छलफलका क्रममा एउटै कर्जा सूचना केन्द्र बनाउन सकिने समेत सुझाव आएको थापाले बताए ।
समितिले अर्को बैठकमा सहकारी विभागका पूर्व रजिष्टारहरूसँग छलफल गर्ने जनाएको छ । समिति सभापति थापाले सहकारी पीडितको बचत स्वयं सहकारी संस्थाहरूबाटै असुलउपर गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको जिकिर गरे ।

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_FbP8gsIg65_0bddawftdlwyhkzf4slgmufaxd5le08ltkv9dphgllgx3pcqac0jsdow6gqc.jpg)
तस्बिरमा राजावादीहरूको मोटरसाइकल र्याली

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः …

प्रतिक्रिया