रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा मोदी

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका छन् ।
सोमबार रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका मोदीले यस क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । यस क्रममा प्रधानमन्त्री मोदीले २२औं भारत-रुस वार्षिक सम्मेलनमा भाग लिनेछन्, जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्ने छन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ किनभने ४१ वर्षपछि यहाँ भारतीय प्रधानमन्त्री आइपुग्दैछन् । तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो र उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो ।
मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता र अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठक चलिरहेका बेला मोदीको रुस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया