राताम्मे बजारमा १८ कम्पनीले देखायो हरियो झन्डा
७१ अंकले घट्यो सेयर बजार, पूँजीकरण ३९ खर्ब ३७ अर्ब रुपैयाँ

काठमाडौँ : सोमबार सेयर बजार ठूलो अंकले खस्किएको छ । अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्य घटेर नेप्से परिसूचक राताम्मे हुँदा १८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूहका परिसूचक कमजोर छन् । सबैभन्दा ठूलो गिरावट जलविद्युत् र फाइनान्स समूहमा देखिएको छ । पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा उच्च दरमा गिरावट देखिएको छ । युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
नारायणी डेभलपमेन्ट बैंक, कुमारी बैंक लिमिटेड प्रोमोटर सेयर, एचआइडिसिएल, एनबिबिएल डिबेञ्चर, नबिल डिबेञ्चर र एसबिएल डिबेञ्चरको सेयर मूल्यमा वृद्धि देखिएको छ । त्यसबाहेक १२ कम्पनीको सेयर मूल्यमा औषत १ प्रतिशतको दरमा वृद्धि भएको छ ।
एक लाख २७ हजार आठ सय ३७ पटकको कारोबारमा दुई करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ । ११ अर्ब ६१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ३० करोड रुपैयाँ सेयर किनबेच भएको छ । योसँगै बजार पुँजीकरण ३९ खर्ब ३७ अर्ब पुगेको छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

प्रतिक्रिया