५२ किसिमका रोग संक्रामकको सूचीमा

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रामक रोगको सूची तयार पारेको छ ।
सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई संक्रामक रोगको सूची तयार पारेको हो ।
संक्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेंगी, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तीपाइले स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रहेका छन् ।
संक्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक संक्रामक रोगबारे सूचीकृत गरिएको बताए । उनले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुनअनुसार सूचीकृत गरिएको जानकारी दिए ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया