ललितपुर महानगरले भन्यो - बाढीमा परेर बासस्थान डुबे वडा र महानगरमा सम्पर्क गर्नू (विज्ञप्तिसहित)

काठमाडौँ - ललितपुर महानगरपालिकाले बाढीबाट क्षति पुगेका महानगरवासीहरूले महानगरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरले शुक्रबारबाट लगातार परेको वर्षाका कारण बाढी आएर बासस्थानमा क्षति पुगेकाहरूले महानगरमा जानकारी गराउन अनुरोध गरेको हो ।
महानगरले विशेष अवस्थाका सदस्यहरू (ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी/गर्भवती महिला र अपाङ्गता भएका) प्रभावित हुनु भएको भए सम्बन्धित वडा र महानगरको हटलाइन नम्बर ११३१ मा आफ्नो एकिन विवरण टिपाउन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । साथै ‘एलएमसी एप्स’ मार्फत समेत सूचना पठाउन आग्रह गरेको छ ।
महानगरले ढल निकासमा अवरोध आउँदा बस्तीहरू जलमग्न भएको र त्यसलाई खुलाउन सक्दो प्रयास गरिरहेको जानकारी गराएको छ ।

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

प्रतिक्रिया