चलचित्र विकास कम्पनीको कागजात लुकाएर उद्धव पौडेल सम्पर्कविहीन

काठमाडौँ : बालाजुको आन्तरिक राजस्व कार्यालयले चलचित्र विकास कम्पनीको कर विवरण मागेको छ । आर्थिक वर्ष २०७३/७४ को कर परीक्षणका लागि विवरण माग गर्दा कम्पनीले अटेरी गर्दै आएको कार्यालयले जानकारी दिएको छ ।
चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवमा तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले चलचित्र विकास कम्पनीको जग्गा व्यक्तिले कब्जा गरेको भन्दै छानबिन गर्ने बताएका थिए । सञ्चार मन्त्रालयले समिति बनाएर छानबिन पनि गर्यो । तर, छानबिनको निष्कर्ष के थियो ? मन्त्रालयले सार्वजनिक गरेको छैन । तर यो क्रममा सञ्चार मन्त्रालयले कुल २७ रोपनीमध्ये ६.७५ रोपनी जग्गा मात्रै फेला पार्यो । जग्गा गायब पारेपछि छानबिनमा परेका कम्पनीका सञ्चालकमाथि आन्तरिक राजस्व कार्यालयले समेत छानबिन गर्ने भएको छ ।
कार्यालयले पटकपटक सम्पर्क गर्न खोज्दा कम्पनीका सञ्चालक पौडेल सम्पर्कमा नआएको कार्यालयले बताएको छ । कार्यालयले कम्पनीको आर्थिक वर्ष २०७३/७४ को कारोबार विवरण मागिरहेको छ । पौडेल ओम अस्पताल र गोपीकृष्ण हलका सञ्चालक हुन् ।
२०२८ सालमा नेपाली चलचित्र उद्योगको विकास गर्ने भन्दै शाही नेपाली चलचित्र संस्थान स्थापना भएको थियो । राष्ट्रिय सञ्चार योजनाअनुसार स्थापना भएको यो संस्थानले केही चलचित्र निर्माण पनि गर्यो ।
पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४८ सालमा शाही नेपाली चलचित्र संस्थानको नाम नेपाल चलचित्र विकास संस्थान बन्यो । राष्ट्रिय सञ्चार नीति, ०४९ मा चलचित्र विकास संस्थानलाई निजीकरण गर्ने व्यवस्था गरियो ।
२०५० कात्तिक २६ गते बहुमत सेयर बिक्री गरियो । कम्पनीको सेयर गोपीकृष्ण हलका मालिक उद्धव पौडेललाई बिक्री गरिएको थियो । त्यतिबेला ५१ प्रतिशत सेयर ६ करोड ४६ लाख ६२ हजार रुपैयाँमा बिक्री गरिएको थियो । बाँकी ४९ प्रतिशत मध्ये २४ प्रतिशत चलचित्रसँग सम्बन्धित व्यक्ति, २० प्रतिशत सर्वसाधारण र ५ प्रतिशत संस्थानकै कर्मचारीलाई दिइएको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत यो कम्पनी अहिले सेयर कारोबारमा छैन ।
त्यसपछि कम्पनी ऐनअनुसार नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको रुपमा दर्ता भयो। कम्पनी ऐनअनुसार दर्ता भएयताको दुई दशकमा २० रोपनीभन्दा बढी जग्गा गायब भएको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया