तनहुँमा पहिरोमा बेपत्ता तीनै जनाको शव फेला

दमौली- तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।
शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो ।
पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ वर्षीय अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेका छन् । तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ ।
सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया