राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो

बाँके- बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ । लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो ।
पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । बाढी बढेपछि डुडुवा गाउँपालिका–१ चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । उनका अनुसार करिब एक सय जना परिवारलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बन्न सूचित गरिएको छ । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरिएको छ ।
डुबानको जोखिम बढेकाले उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । राप्तीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गङ्गापुर, कुदरबेटवा, सोनवर्षालगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
राप्तीसोनारी गाउँपालिका–१ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका १० घरमा राप्तीको पानी पसेको बताइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया