युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिड्दै

काठमाडौँ- जारी युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदखि शुरु हुँदैछ ।
इङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
इङल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म २७ खेल भएको छ । जसमा ईङल्याण्डले १९ खेल जितेको छ भने स्वीजरल्याण्डले ३ खेल मात्र जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।
इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो । त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । स्वीजरल्याण्डको युरोकपमा उत्कृष्ट प्रदर्शन २०२० र यहि युरोकपमा क्वाटरफाइनलसम्म पुग्नु नै रहेको छ ।
१९९६ मा पहिलो पटक युरोकप खेलेको स्वीजरल्याण्ड अहिलेसम्म ६ पटक युरोकप खेलेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया