हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला- हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।
सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए ।
नेपालगञ्जबाट तारा, सीता र समिट एयरका जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरे पनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको उनको भनाइ छ ।
आज बेलुकाबाट वर्षा सुरु भएको छ । हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन् ।
सिमकोट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु सिमकोटमा रोकिएका छन् । नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा दिनभरी विमान कुरेर फर्कने गरेका छन् । रासस

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

प्रतिक्रिया