मधेश प्रदेशसभा बैठक स्थगन
जनकपुर- बजेट पुनःलेखनको माग गर्दै मधेश प्रदेशसभाको आजको बैठक सुरु भएको केही बेरमै स्थगन भएको छ ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल हुने तय भएको थियो । बिहान ११ बजेका लागि बोलाएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो ।
बैठक सुरु हुने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री रानी शर्मा तिवारीले यही असार १६ गते मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको र सो विषयमा सरकारको धारणा नआएसम्म बजेटमाथि छलफल गर्न नदिने बताइन् । उनले भनिन्, 'माग पूरा नभएसम्म बजेटमाथि छलफल हुँदैन ।'
प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगन गरे पनि अहिलेसम्म बस्न सकेको छैन । अहिले सभामुख मण्डलको उपस्थितिमा विभिन्न दलका नेता सम्मिलित बैठक प्रदेशसभा सचिवालयमा जारी छ ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोसपासहित चार दलले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आधिकारिक धारणा आएपछि मात्र बजेटमाथि छलफल हुने बताइएको छ ।
यही असार १ गते मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१/८२ का लागि रु ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रदेशसभामा पेस गरेका थिए । चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजारको बजेट सार्वजनिक गरिएको थियो ।

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया