कांग्रेस बागमती प्रदेशः हरिशरण श्रेष्ठ अनुशासन समितिको संयोजक पदबाट मुक्त

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशका सह-महामन्त्री हरिशरण श्रेष्ठ अनुशासन समितिको संयोजक पदबाट मुक्त भएका छन् । बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाले शुक्रबार पदबाट मुक्त गरेका हुन् ।
श्रेष्ठले जेठ २८ गते संयोजक पदबाट मुक्त गरीपाउँ भनेर बागमती प्रदेश कार्यसमितिलाई निवेदन दिएका थिए । निवेदनमा उनले कार्यव्यस्तताले जिम्मेवारी सम्हाल्न नसकेको उल्लेख गरेका छन् ।
श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला सम्मेलनका क्रममा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद मोहनबहादुर बस्नेतसँग वादविवाद भएपछि अनुशासन समितिको संयोजकको पदमा रहन उपयुक्त नलागेकोले पदमुक्त गर्न निवेदन दिएका थिए ।
'गत असारमै बागमती प्रदेश कार्यसमितिको बैठकमा म संयोजकको जिम्मेवारीमा रहन्नँ भनेर मौखिक रूपमा भनेको थिएँ,' श्रेष्ठले इकागजसँग भने, 'समितिले लिखित नै दिनुहोस् भनेपछि गत जेठमा लिखित निवेदन दिएको हुँ ।'
उनले आफ्नो चरित्र हत्या गर्न केही साइबर सेना लागेकोमा गुनासो गरे । 'आफैँ अनुशासन संयोजकमा रहन्नँ भनेर निवेदन दिएको थिएँ । केही व्यक्तिहरूले सामाजिक सञ्जालमा चरित्र हत्या गरिरहेका छन् यसमा म दुखी छु,' उनले भने ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया