बेलायतको चुनाव पराजयपछि ऋषि सुनकले के भने ?

काठमाडौँ - बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले पार्टीको पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी मागेका थिए । उनले भने, ‘हारको जिम्मेवारी म लिन्छु ।
सुनकले कन्जरभेटिभ पार्टीले आफ्नो १४ वर्षको शासनकालमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै बेलायत सन् २०१० भन्दा बढी समृद्ध र स्वच्छ भएको बताए।
ऋषि सुनकले आफ्ना प्रतिद्वन्द्वी र बेलायतका आगामी प्रधानमन्त्री केयर स्टारमरको पनि प्रशंसा गरेका छन् । उनले स्टारमरको सफलतालाई सिंगो देशले बाँड्ने बताए ।
बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । आम निर्वाचनमा लेबर पार्टीले ४१२ सिट प्राप्त गरेको थियो । संसदमा बहुमतका लागि ३२६ सिट चाहिन्छ।
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

प्रतिक्रिया