प्रचलित कानुनविपरीत निलम्बन गरियो : मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई निलम्बन गरिएको आरोप लगाएका छन् ।
ढकाललाई बुधबार बसेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
ढकालले विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यता अनुसार आफूलाई गरिएको निलम्बनको प्रक्रिया नमिलेको बताउँदै स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराषयपूर्ण रहेको बताएका छन् ।
उनले भनेका छन्, 'स्पष्टीकरणलाई दर्ता नै गर्न नदिएर , स्पष्टीकरण दिएन भन्ने भाष्य सिर्जना गर्न खोजियो । आज सोधिएको स्पष्टीकरणको अन्तिम म्याद हो र मैले स्पष्टीकरण १९ गते नै बुझाएको हो र दर्ता गर्न आग्रह गर्दा गर्दै दर्ता गर्न इन्कार गरियो । स्पष्टीकरण दर्ता गर्न नदिएपछि, कसरी स्पष्टीकरण दिनु ? राजनीतिक दलसम्बन्धीको ऐनले स्पष्टीकरणको मौका नदिइ कारबाही गर्न दिँदैन । तर, राज्यको प्रचलित कानुन विपरीत मलाई निलम्बन गरियो । उपसभापतिलाई निलम्बन गर्ने अधिकार नभएको र त्यस्तो अधिकार सभापतिबाट प्रत्यायोजन हुन पर्नेमा, त्यस्तो अधिकार प्रत्यायोजनका पत्र पनि सभापतिबाट प्राप्त भएको छैन । तथापि, राजनीतिक विषयमा यसरी विधि पद्धति धेरै केलाउनको साटो, राजनीतिक कारबाही अनुरूप लिएको छु । विधि पद्धति र लोकतान्त्रिक मूल्य मान्यता अनुसार मलाई गरिएको निलम्बनको प्रक्रिया मिलेको छैन । स्पष्टीकरणको जवाफ नै नपढी कारबाही गरिनु दुराषयपूर्ण छ, अलोकतान्त्रिक छ ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया