बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

टिभिएस कल्टको दोस्रो सफलतापूर्वक राइड सम्पन्‍न

काठमाडौँ- टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सल आफ्ना सम्मानित ग्राहकहरूका लागि दोस्रो वार्षिकोत्सव यात्रा, असार १५ तारिख शनिबार, टिभीएस शोरूम ब्रदर्स आटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भई बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा सफलतापूर्वक सम्पन्न गर्याे जसमा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरूको सहभागिता थियो । यसमा सहभागी एक मात्र महिला राइडर रोनीशा महर्जन पनि थिइन्, जसले यस यात्राको सम्पूर्ण रूपमा मज्जा लिइन् । उनी भन्छिन्, 'यो केवल सवारी मात्र नभई एक उत्सवमय यात्रा थियो ।'

यो कार्यक्रम  असार १५ को संयोगमा परेको थियो, जुन रोपाइँ दिवसको रूपमा पनि मनाइन्छ । चुनिखेल, १०, बुढानीलकण्ठ बासिन्दाले राइडरहरूलाई 'धान रोपाइँ कार्यक्रम' को निम्तो दिँदै बुढानीलकण्ठमा उत्सवमय वातावरण थपेको बताए ।

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए, जसले नक्सालदेखि बुढानीलकण्ठसम्मका यात्रा भारी वर्षाका कारण  चुनौतीपूर्ण थियो । सुरक्षालाई प्राथमिकता दिइ मार्शल मिलन घिमिरेले सुरक्षा सवारी गियरको तालिम प्रदान गरे । यो यात्रा अपाचे र रोनीन सवारहरूले अपनाएको संस्कृति, जीवनशैली र यात्रा दृष्टिकोणको प्रमाण थियो, जसले सबै सहभागीहरूमा स्थायी छाप छोड्यो । रोनीन कल्ट  समुदाय लगातार बढिरहेको  जानकारी छ, हालसम्म  यस  समुदायले ४,०० भन्दा बढी  सवारहरूको सदस्यता आएको बताए छ ।

यसको अगाडि र पछाडि रहेको डुअल–च्यानल एबीएस सहितको डिस्क ब्रेकको साथ, रोनिनले जुनसुकै मौसम र जस्तोसुकै भूभागहरूमा उत्कृष्ट स्टपिङ पावरसंगै राइडरको सुरक्षा सुनिश्चित गर्दछ । यात्रामा राइडरहरूले टिभिएस रोनिनलाई लामो यात्राका लागि आरामदायी र भरपर्दो सवारी साधनको रूपमा आफ्नो विश्वास व्यक्त गरेका थिए । यसको उच्चतम २२५ सीसी सिंगल–सिलिन्डर इन्जिनले बलियो टर्क र सहज पावर डेलिभरी प्रदान गर्दछ, जसले यसलाई शहरी र लामो दूरी दुवै यात्रा लागि उपयुक्त बनाउँछ । यसमा समावेश उत्कृष्ट विशेषताहरूका साथ, उत्कृष्ट निर्माण र स्टाइलिश रेट्रो–आधुनिक डिजाइनकोले यसलाई  मोटरसाइकल मात्र नभई हरेक यात्राको एक विश्वसनीय साथी बनाउँछ ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा पुनर्स्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रूपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रूपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाडौँमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको कम्पनीले जनाएकाे छ ।


 

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न