५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

मस्को- रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ ।
वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेता पनि यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गरेको छैन । (एएफपी)

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया