शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसइई परीक्षामा देखियो : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसइई परीक्षामा देखिएको बताएका छन् ।
बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई समयअनुसारको सीप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरामा कमी भएकाले यस वर्षको एसइई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए ।
असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने ओलीको भनाइ छ । ओलीले बिनाप्रयास र इमानदारिताबिना कुनै पनि कुरामा सफलता प्राप्त नहुने बताए । नेपाल कसैको उपनिवेशमा नगएको सधैं स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको भन्दै यो नेपालको गर्व भएको ओलीले बताए । नेपालीको मानव मष्तिष्क विद्वान पुर्खाहरूको निरन्तरता भएकोले निक्कै विलक्षणको भएको ओलीले बताए ।.
उनले एसइईको मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षको व्यवस्था मिलाउने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया