धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

धनुषा- धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।
बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया