मौकामा चौका हान्दै एयरलाइन्स : वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ठगेर करोडौं कमाउँदै
पर्यटन मन्त्रालय भन्छ : बढी भाडा लिएको थाहा छैन

काठमाडौँ : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान नखुलाउँदा नेपाली श्रमिक महँगो भाडादरमा वैदेशिक रोजगारमा जान बाध्य छन् । पछिल्लो समय कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।
नियमित उडान सुचारु हुन केही दिन बाँकी रहदा चार्टडको नाममा वैदेशिक रोजगारमा जानेहरू ठगिइरहेका छन् । साउदी जान कामदारले चार्टड उडानमा जानका लागि टिकट पनि काटिसकेका छन् ।
चार्टड उडानका लागि टिकट बुक भइसकेकाले नियमित उडान सुचारु गर्न सरकारले आनाकानी गरिरहेको छ । चार्टड उडान सोमबार (आज), बिहीबार र शनिबार रहेको छ । उडानका लागि सबै टिकट बुक भइसकेका छन् ।
होटल क्वारेन्टाइन र पीसीआर परीक्षण गर्ने भन्दै चार्टड उडान कम्पनीका एयरलायन्सलले यात्रुबाट मँहगो भाडा लिने लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणकै मिलेमतोमा हिमालयन एयरलायन्सलाई चार्टड उडानका लागि अनुमति दिएको छ।
नागरिक उड्डयन प्राधिकरणले चार्टड नियमन गर्न नसक्दा पनि वायुसेवा कम्पनीले आफू खुसी भाडा तोक्ने गरेका छन् । प्राधिकरणले वायुसेवा कम्पनीलाई बढी भाडा नलिन आग्रह गर्दा पनि टेरेका छैनन् । त्यसको प्रत्यक्ष मारमा नेपाली कामदार परिरहेका छन् ।
सरकार कमजोर र लाचार बन्दा नेपाली कामदारले एक लाख ७० हजार रुपैयाँ तिरेर विदेश जान बाध्य छन् । निषेधाज्ञा लम्बिएपछि साउदी जानेहरूका लागि सरकारले चार्टड अनुमति गर्न अनुमति दिएको थियो । सरकारले चार्टड उडानको अनुमति दिए पनि कामदारका लागि भाडादर नतोकिएकाले टिकटमा चर्काे मूल्य तिरिरहेका छन् । एउटा चार्टड उडानबाट वायुसेवा कम्पनीले तीन करोड रुपैयाँ कमाइ गरिरहेको छ ।
निषेधाज्ञा लम्बिँदा हिमालय एयरलायन्सलाई लाभ भएको छ । नियमित उडान खुले कामदारले ४० हजार रुपैयाँ तिरेर जान सक्थे । कोभिड महामारी सुरु भएसँगै कामदारहरू हवाई टिकटको भारी मूल्य तिरेर विमानस्थलमा लामबद्ध अवस्थामा देख्न सकिन्छ ।
'पीडितले प्रहरीमा उजुरी गर्न सक्छन'
शनिबार बिहान पौने ११ बजे (५ गते) मात्र १८० जना यात्रु लिएर हिमालय एयरलान्सको जहाज गयो । सबै यात्रुले डेढ लाख रुपैयाँभन्दा बढी रकम तिरेका थिए । याे भनेकाे नियमित भाडादर भन्दा चाैबर हो । तर सरकारलाई कामदारले कति भाडा तिरिरहेका छन्,त्यसको जानकारी छैन । कुनै पनि एयरलायन्सले उडान समयमा लाग्ने भन्दा बढी पैसा लिएको थाहा पाएमा कारबाही गरिने पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् ।
'बढी भाडा लिएमा कालो बजारीअन्तर्गत कारबाही गरिन्छ,' उनी भन्छन,' सचेत नागरिकले बढी भाडा लिएमा प्रहरीमा उजुरी गर्न सक्नेछन् ।' कुन एयरलायन्सले कति भाडा लिएको छ त्यो विषयमा मन्त्रालयललाई थाहा नभएको उनको भनाइ छ ।
मन्त्रलायलले कुनै पनि चार्टडका लागि अनुमति नदिएको अधिकारीले जानकारी दिए । मन्त्रिपरिषदबाट चार्टड उडान खुलाएकाले एयरलायन्सलले अवसर पाएको उनले बताए । नेपाली कामदार भएको ठाउँमा नियमित अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारले निर्णय गरिसकेको उनले जानकारी दिए ।
पछिल्लो समय साउदी अरबका लागि चार्टड उडानको अनुमति पाएको हिमालय एयरलयान्सले भारतीयदेखि नेपाली कामदार लाने अवसर पाएको छ । अन्तर्राष्ट्रिय उडान बन्द भएदेखि हिमालयन एयरलान्यसले साउदीको उडान भर्ने अनुमति पाएको हो ।
'क्वारेन्टाइन सहितको मूल्य लिएकाले बढी भाडा'
चार्टड उडानबाट नेपाली कामदार निजी कम्पनीको विमानबाट महँगो भाडा तिरी गन्तव्य मुलुक गइरहेका छन् । कामदारले साउदी अरबमा पुग्दा होटल क्वारेन्टाइनमा बस्नपर्ने भएकाले बढी मूल्य पर्न गएको हिमालयन एयरलायन्सका प्रबन्ध निर्देशक विजय श्रेष्ठ बताउँछन् । क्वारेन्टाइनमा अनिवार्य बस्ने सर्त भएकाले सम्पूर्ण जिम्मा एयरलायन्सले लिएर भाडा लिएको उनको दाबी छ ।
'सामान्य अवस्थामा साउदीको भाडा ४० हजार लिएका छौ,' श्रेष्ठ भन्छन,' ग्लोबली नेटवर्किङको टिकेटिङ्को मूल्यअनुसार भाडा लिन पाइन्छ ।' चार्टड उडानमा कामदारको पीसीआर परीक्षण र होटल बस्दाको मूल्य तिर्नुपर्ने भएकले मँहगो पर्ने गएको उनले बताए । क्वारेन्टाइका लागि ९० हजार लिने गरेको उनको भनाइ छ ।
'वायुसेवा कम्पनीले टेरेनन'
चार्टड उडान कम्पनीलाई बढी भाडा नलिन बारम्बार आग्रह गर्दा पनि वायुसेवा कम्पनीले नटेरेको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक भोला गुरागाई बताउँछन् । प्राधिकणले विमानस्थल भित्रको सुरक्षा र नियमन गर्ने अधिकार पाएकाले भाडाको विषयमा केही बोल्न नसक्ने अवस्था रहेको उनले बताए ।
'सरकारले गरेको निर्णयमा हामीले हस्तक्षेप गर्न मिल्दैन,' गुरागाई भन्छन,' नियमित उडान सुचारु भएपछि चार्टड उडान बन्द हुन्छ ।' नियमित उडान सुचारु भएपछि सहज हुने उनको भनाइ छ ।
शनिबारको चार्टड उडानमा साउदी पुगेका भोजपुरका रमेश भण्डारीले क्वारेन्टाइनका लागि ८३ हजार तिरे । उनीसँग साउदीको टिकट भएकाले बढी मूल्य तिर्नुपरेन । 'सँगै जहाजमा आएका अन्य साथीले एक लाख ७० हजार सम्म तिरेर आएका छन,' उनले इकागजसँगको संवादमा भने। 'नेपालबाट आएका सबै कामदारलाई होटल क्वारेन्टाइनमा राखिएको छ,'उनले भने,' दुई पटक पीसीआर हुन्छ । पहिलो परीक्षण आएको भोलिपल्ट भयो र दोस्रो साता दिनमा हुनेछ ।'

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया