टर्की युरोकपको क्वाटरफाइनलमा

काठमाडौँ- टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर शुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए ।
यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया