३० खेलमा अपराजित इटाली नयाँ कीर्तिमान नजिक

काठमाडौँ : युरो २०२० मा आइतबार राति इटालीले वेल्समाथि १-० को जित दर्ता गर्यो । महादेशिय प्रतियोगितामा शतप्रतिशत जित निकालेको इटालीले एक गोल पनि खाएको छैन । रोबर्टो मान्सिनी प्रशिक्षकमा नियुक्त भएसँगै इटालीले बलियो लय देखाएको छ । उनको प्रशिक्षणमा इटाली ३० खेलमा अपराजित छ ।
यससँगै मान्सिनीको टिमले पुरानो कीर्तिमानसँग बराबरी गरेको छ । भिटेरियो पोज्जो नेतृत्वको इटालीले अक्टोबर १९३५ देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रही कीर्तिमान बनाएको थियो । जुन कीर्तिमान ८२ वर्ष यता कुनै इटालियन प्रशिक्षकको पालामा भंग भएको छैन । पोज्जोको प्रशिक्षणमा इटालीलले सरासर दुई विश्वकप जितेको थियो भने ओलम्पिकमा स्वर्ण पदक पनि हात पारेको थियो ।
तर मान्सिनीको टिमले अन्तिम १६ को खेल जित्ने हो भने नयाँ कीर्तिमान बन्नेछ । यद्यपि मान्सिनीले पोज्जोको टिमसँग अहिलेको टिमको तुलना हुन नसक्ने प्रतिक्रिया दिइसकेका छन् । ‘पोज्जोले इटालीलाई महत्वपूर्ण उपाधि जिताएका छन् । हामीले अहिलेसम्म केही जितिसकेका छैनौँ । पहिला अन्तिम १६ मा कस्तो नतिजा आउँछ त्यसपछि मात्रै युरो जित्ने सम्भावनाबारेमा कुरा गर्न सकिन्छ,’ मान्सिनीले भने ।
इटाली युरोको समूह ‘ए’को शीर्षस्थानमा रहेको छ । इटालीले तीन खेलबाट नौ अंक बनाएको छ । दुई खेलपछि नै प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको इटाली समूह विजेता बन्दा वेल्स उप-विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको छ । सो समूहमा स्विटजरल्यान्डले चार अंक बनाएको छ भने टर्की आफ्ना सबै खेलमा पराजित रह्यो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया