राजनीतिलाई सही बाटोमा हिँडाउन मैले वकालत गरिरहेको एजेण्डा अहिले सफल भयो : कोइराला

वीरगञ्ज- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिलाई सही बाटोमा हिँडाउन आफूले ७/८ महिनादेखि वकालत गरिरहेको एजेन्डा अहिले सफल भएको बताएका छन् । मंगलबार वीरगन्जमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘कांग्रेस र एमाले एक ठाउँमा उभिन सक्यो भने देशको राजनीति सहि गन्तव्यमा पुग्न सक्छ भनेर ७/८ महिनादेखि भन्दै आएको थिएँ। त्यही क्रममा मैले कोशी प्रदेशको सरकार बनाउने क्रममा एमालेसँग मिलेर एउटा कदम चालेको थिए। तर त्यो कदमले म आलोचित पनि हुन पुगें' कोइरालाले भने 'तर अहिले आएर मेरो त्यस बेलाको त्यो कदम अहिले सही साबित भएको छ । सफल पनि भएको छ ।’
नेता कोइरालाले अब कांग्रेस र एमालेबीचको सहमतिले बन्ने सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र आम जनतालाई राहत दिने कुरालाई गम्भीरताका साथ लिएर काम गर्ने विश्वास लिएको बताए । उनले सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीच सोमबार राति भएको सहमतिलाई दुवै दलले राष्ट्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेमा देश समृद्ध र नागरिक सुखी अवश्य बन्ने धारणा राखे । उनले भने ‘तर को मन्त्री बन्ने ? कसले सार्वजनिक लाभको पद लिने ? जस्ता व्यक्तिगत कुरामा मात्रै अल्झियौँ भने देश फेरि संकटमा पर्ने निश्चित छ ।’
साना दलले सत्ताको बागडोर लिएर सरकार चलाउँदा संविधान र लोकतन्त्र खतरामा पर्ने धारणा आफ्नो रहेको उनले सुनाए । संविधान जारी भई लागू भएको १० वर्ष बितिसकेकाले अब यसमा देखिएका कमी कमजोरी सच्याउनुपर्ने बेला भइसकेको उनले बताए ।
यस्तै अहिलेको निर्वाचन प्रणालीबाट हुने निर्वाचनको परिणामले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने भएकाले निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले भने, ‘ती दुवै कामका लागि पनि अहिले कांग्रेस र एमाले एक ठाउँमा आउनु परेको हो । दुवै दलबीच राति भएको सहमतिमा ती बुँदाहरू लेखिएका छन् ।’
फरक प्रसंगमा कांग्रेस वरिष्ठ नेता कोइरालाले अरू दलसँग गठबन्धन गरेर चुनाव लडेकै कारण कांग्रेस ठूलो दल बनेको भन्ने भ्रम दिमागबाट हटाउन पार्टीका नेता कार्यकर्तासँग आग्रह गरेका छन् । उनले भने,‘यदि पार्टीका सबै नेता कार्यकर्ता चुनावमा एकजुट भएर इमानदारीका साथ लाग्यौं भने कांग्रेसलाई कुनै शक्तिले पनि हराउन सक्दैन ।’
अबको निर्वाचनमा कांग्रेस नेतृत्वले पार्टीका उम्मेदवारसँग अन्तरघात गर्नेलाई कदापि नछोड्ने चेतावनीसमेत दिए । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सत्ताका लागि मात्र बार्गेनिङ र ब्ल्याकमेलिङ गर्ने माओवादी र प्रचण्डको राजनीतिलाई कांग्रेस र एमालेबीचको अहिलेको सहमतिले समाप्त पारिदिएको बताए ।
मुलुकको राजनीतिलाई स्वाभाविक दिशामा अगाडि बढाउन दुवै दलबीच सत्ता सहयात्राका लागि सहमति जुटेको उनले प्रस्ट्याए । दुई दलबीचको सहमति र एकताले संविधान र लोकतन्त्रलाई अझ मजबुत बनाउने जिकिर गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया