आइओएफद्वारा करिब ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या
गाजा- इजराइली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा अक्टोबरमा चलिरहेको नरसंहारको शुरुआतदेखि कम्तिमा ३७ हजार नौ सय २५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आज बताएको छ ।
यस अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् ।
आइओएफले गाजा पट्टीमा गत २४ घण्टामा प्यालेस्टिनी परिवारहरू विरुद्ध तीन नरसंहार गर्दा २५ प्यालेस्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
यसको दुई सय ७०औँ दिनमा गाजा पट्टीमा इजराइली कब्जाको चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाई हमलाहरू र चारैतिरबाट (हवाई, जमिन र समुद्री) गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेस्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको छ ।
गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आफ्नो नरसंहार जारी राखेको छ । (क्युएनए)

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया