शिक्षण संस्थालाई कानुनी दायरामा ल्याउन सुझाव

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वसचिव शङ्कर कोइरालाको नेतृत्वमा गठन गरेको उच्चस्तरीय समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थालाई कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ ।
त्यस्ता सम्बन्धनका विषयमा अध्ययन गर्न गठित उक्त ‘विज्ञ समितिको प्रतिवेदन, २०८१’ मा विधायिकी कानुनको परिधिभित्र ती संस्थालाई ल्याउनुपर्ने, सोअन्तर्गत नआउने शिक्षण संस्थालाई बन्द गराउनुपर्ने सुझाव समितिले दिएको हो ।
गत वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकबाट निर्मित समिति गठन गरिएको थियो । सो समितिको प्रतिवेदन आज मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । हाल ‘ए लेभल’ का ३२, स्नातक र स्नातकोत्तर तहका ५९ शिक्षण संस्थाहरू विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित छन् ।

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

प्रतिक्रिया