सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

चितवन - नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।