एक सय विद्यार्थीको एक जना शिक्षक
रौतहट - मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनीय रहेको छ। बारा र रौतहटको अधिकांश सरकारी सामुदायिक विद्यालयहरूमा एक सय विद्यार्थी संख्यामा मात्र एकजना शिक्षक रहेको पाइएको छ ।
राजतन्त्र हुँदै हाल संघीयता सहितको लोकतान्त्रिक व्यवस्था सम्म आइपुग्दा सरकारी नीतिमा कुनै परिवर्तन भएको देखिएन । नेपाल सरकारको शिक्षा नियमावलीमा प्रति ४० जना विद्यार्थी संख्यामा एकजना दरबन्दीको शिक्षक हुनुपर्ने रहेको छ । तर बारा रौतहटसहित मधेश प्रदेशको अधिकांश जिल्लाका सामुदायिक विद्यालयहरूमा उक्त शिक्षा नियमावलीको पालना भएको देखिँदैन अर्थात् एकजना शिक्षकले बाध्यतावस एक सय बढी विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् ।
विद्यार्थीको अनुपातमा शिक्षकको अवस्था बुझ्न प्रभु साह नेतृत्वको आमजनता पार्टी कार्यकर्ताले मंगलबार आज गरेको विद्यालय अनुगमनले पनि उक्त कुरालाई पुष्टि भएको छ । गुणस्तरीय शिक्षाका लागि आम जनता पार्टीले मधेश प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको अवस्था बुझ्न विभिन्न विद्यालयहरूका अनुगमन गरिरहेको छ । यसै क्रममा बाराको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटाको अनुगमन तथा अन्तरक्रिया आजपा प्रदेश अध्यक्ष उमेश कुशवाहले गरेका छन्। त्यहाँ झण्डै १०० विद्यार्थीमा एक शिक्षक रहेको स्थिति छ ।
मधेश प्रदेशको करिब सबै विद्यालयहरूमा अवस्था यही हो । यसमा सुधार गर्न अर्थात् विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न अब शैक्षिक आन्दोलनको विकल्प न रहेको प्रदेश अध्यक्ष कुशवाहाको भनाई रहेको छ । उता रौतहटको कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले वर्तमान अवस्थामा एक सय भन्दा बढी विद्यार्थीको हकमा एक जना शिक्षकको दरबन्दी रहेको देखिन्छ ।
कटहरिया नगरक्षेत्र अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको संख्या १२ हजार भन्दा बढी रहेको छ भने शिक्षकको दरबन्दी मात्र १०७ रहेको शिक्षा संयोजक निधिले जानकारी दिएका छन । शिक्षकको दरबन्दी थप गर्न नगर, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पटकपटक आवाज उठाउँदा पनि विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी थप नभएको उनको भनाइ रहेको छ । यो अवस्था कटहरिया नगरपालिकाको मात्र नभई प्रदेशको ८ वटै जिल्लाको अवस्था यस्तै छ ।
प्रदेशको अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्याको आधारमा शिक्षक नहुँदा स्तरीय शिक्षा प्रदान गर्न नसकिएको स्वयं शिक्षकहरू स्वीकार गर्दछन् । २०५७ साल पछि देशमा बनेको कुनै पनि सरकारले शिक्षकको दरबन्दी थपेको छैन, राहत दरबन्दी र बालाशिक्षको नाउँमा झारो टार्ने काम गरेको शिक्षकहरूको गुनासो रहेको छ।
पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साह लगायत कैयौं सांसदले सदनमा पटकपटक मधेश प्रदेशको शिक्षाको अवस्था बारे सभामुखदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा पनि अवस्था उस्तै रहेको छ ।

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

प्रतिक्रिया