युवा पलायन रोक्न उद्यमशीलता जरुरी : मन्त्री भण्डारी

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकासमा जोड दिएका छन् । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उनले उद्यमशीलताको विकासले युवा पलायन रोक्न सघाउने बताए ।
मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशीलता विकासमा लागिपरेको बताए । उनले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको जिकिर गरे । 'अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाईंहरूका सुझाव कार्यान्वयन गर्न पहल गर्छु,' मन्त्री भण्डारीले भने ।
मन्त्री भण्डारीलाई नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागका प्रमुख सीता थपलियासहितको टोलीले नेपाल सरकारको स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकबाट नवीन पद्दतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्दतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने लगायतका माग राखेर १७ बुँदे मागपत्र बुझाएको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया