असार तस्बिर खिचेर फेसबुक रंगाउनेहरूको हो !

सानो छ खेत सानो, छ बारी सानै छ जहान
नगरी काम,पुग्दैन खान, साँझ र बिहान ।।
जहान छैनन् बारीमा
धान छैन भकारीमा
बारी झाडी बन्यो
बाउसेको असार अब खाडी बन्यो।
असार आउँदै थियो
गाउँ रितिदैं थियो
नजाउ त बारीको मकैले बा पालिन्नन्
खेतको धानले भकारी त के डाली भरिन्न।
आकाश नबर्सिए पनि हुन्छ
आमाले सिमखेतको थोरै टुक्रोमा
बर्सिदै बर्सिदै हिलो बनाएर धान रोपिन।
यो कृषि, यो असार तस्विर खिचेर
फेसबुक रंगाउनेहरूको हो
देश मात्रै त कृषिप्रधान हो
यथार्थ, खाएको अन्न, लाएको बस्त्र आदान न हो।
तपाईंको माननीयले गर्न सके देशमै सुन फल्छ भनिदिन्छन्
भाषण देलान्, आश्वासन देलान्
कृषिमा यति बजेट, मलमा यति, बिउ बिजनमा यति भन्छन्
अनि आफू भारतको भात खाएर
कृषि क्रान्ति गरौं भन्छन्।
हलो नसमाएका होइन
खेतका डल्ला नफोरेर होइन
म कृषि नै गर्छु भनेर सपना नकोरेर होइन
बर्ष भरी जोतिएर उब्जेको अन्नले
परिवार त के घट्टले राम्रोसँग ओइरो पाउँदैन।
मङ्सिरको बाझो जोतेर
काला पहाड हानिएका उनी
असार भेटाउनु छ भन्दै नफर्किएका होइनन्
घरका, बाली पाक्लान र पेटभरि खाउँला भनी नपर्खिएका होइनन्
तर, भोकभोकै फर्किन, भोकभोकै पर्खिन
बाँचेको छु भनेर, मरिरहनु पर्दोरहेछ।
गरिबीले देश नभन्ने रहेछ
असार पन्ध्रमा बाहेक
कृषि के छ, कृषक कहाँ छन्
तिम्रो सरकारले नभन्ने रहेछ
र त, तिम्रो क्रान्ति नबन्ने रहेछ।
त्यो तिम्रै सरकार हो
यदि मेरो सरकार हुन्थ्यो त
आज घरभरी जहान हुन्थे
भकारी भरी धान हुन्थे।
प्रिय! मेरा बाउसे
जाँदा बाध्यता माथिको बाध्यता र कहरै कहरले गए पनि
फर्किँदा रहरै रहरमा फर्किनु ल!
फेरि, असारमा कुला जाँदा
कुलो भाँचेको निहुँमा म सँग झगडा कसले गर्दिन्छ??
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया