जापानको टोकियोमा ‘कमेडी एण्ड म्यूजिक कन्सर्ट-२०२४’ हुँदै

टोकियो- जापानको टोकियोमा ‘कमेडी एण्ड म्यूजिकल कन्सर्ट–२०२४’ हुने भएको छ । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा आगामी जुलाई २८ तारिख आइतबार हुन गइरहेको उक्त कन्सर्टलाई नेपाली राजदूतावास टोकियो, एनआरएनए जापान तथा जापानमा अवस्थित विभिन्न संघ संस्थाहरूले सहयोग गरेका छन् ।
कन्सर्टमा कलाकारहरू मनोज गजुरेल, एलिना चौहान, धिरज राई, विष्णु सापकोटा र डिजराज पौडेलको मुख्य प्रस्तुति रहनेछ । साथै जापानमा रहेका नेपाली कलाकार र जापानी ब्याण्डहरूको पनि प्रस्तुति रहने कुरा आयोजक संस्थाले जनाएको छ ।
कन्सर्ट जुलाई २८ तारिख नाकानो जिरो हलमा बेलुका ५ देखि ९ बजेसम्म हुनेछ ।
कन्सर्ट ‘विपन्न परिवारलाई शिक्षा र व्यवसायमा प्रोत्साहन’ कार्यक्रम सञ्चालनार्थ आयोजना गरिएको कुरा संस्थाका अध्यक्ष अमित गौतमले जानकारी दिएका छन् ।

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

प्रतिक्रिया