महोत्तरीमा एउटा मात्र सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा

महोत्तरी- महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विद्यालयहरूले एसइईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।
एउटा सामुदायिक विद्यालय र बाँकी १० वटा संस्थागत विद्यालयहरूले शतप्रतिशत नतिजा ल्याउन सफल भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीले जनाएको छ ।
सामुदायिक विद्यालयहरू मध्ये जन जागृती माध्यमिक विद्यालय पाटु बर्दिबास शतप्रतिशत नतिजा ल्याउने जिल्ला कै एक्लो विद्यालय बनेको छ भने बाँकी संस्थागत विद्यालयहरू छन् ।
संस्थागत विद्यालयहरूमा एभरेस्ट पब्लिक बोर्डिङ्ग स्कुल बर्दिवास, भानुभक्त स्कुल गौशाला, ग्लोबल एकेडेमी बर्दिवास, गुरुकुल एकेडेमी बर्दिबास, न्युटन भ्यू स्कुल रामगोपालपुर, शिशु ज्ञान निकुञ्ज जलेश्वर, ग्यालेक्सी अङ्ग्रेजी विद्यालय मनरासिस्वा, सनराईज स्कुल औरही, चिल्ड्रेन ग्लोरी औरही, सिद्धार्थ अङ्ग्रेजी स्कुल बर्दिबास र जानकी सितल स्कुल रहेका छन् ।
२०८० असार १३ गते प्रकाशित एसइईको नतिजाअनुसार उत्कृष्ट जीपीए ल्याएर एभरेष्ट स्कुल बर्दिबास जिल्ला कै पहिलो बनेको छ ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया