आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

अफगानिस्तानमा बन्दुकधारी समूहद्वारा २८ यात्रुको अपहरण

अफगानिस्तानको पश्‍चिमी वार्डाक प्रान्तमा बन्दुकधारी एक समूहले सडकमा गुडिरहेका गाडीलाई रोकी कम्तीमा २८ यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गरेका छन् । 

उक्त समूहले बुधबार काबुलकालाई छुटेका ती गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुहरूलाई अपहरण गरेको अफगानी अधिकारी अफियानीले सिन्ह्वालाई बताएका छन् । 

प्रहरीले अपहरणमा अफगानी तालिवान समूहको सम्लग्‍नता रहेको आरोप लगाएको छ भने तालिवान समूहबाट समाचार तयार पार्दासम्म यसबारे कुनै प्रतिक्रिया आइसकेको छैन ।

अफियानीका अनुसार प्रहरीले अपहरित व्यक्तिको खोजी गरी सुरक्षितरूपमा अपहरणमुक्त गर्न विभिन्‍न समूहलाई खटाइसकेको छ । (रासस)