बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

ढोरपाटन (बागलुङ)- बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् ।
गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । रासस
र, यो पनि

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर क्षतविच्छेद, सवारी आवागमन ठप्प

हत्या अभियोगमा दुई जना पक्राउ

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

बेँसीसहर–चामे सडक अवरुद्ध
लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

प्रतिक्रिया