जोइनिङ फोर्सेस र सार्कले बालबालिकाको अधिकार र कल्याणका लागि सहयोगलाई गति दिने

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र एसिया-प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ) ले सार्क क्षेत्रका बालबालिका र युवाहरूको अधिकार र कल्याणलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ ।
सार्क र एजेएफले सार्क क्षेत्रका बालबालिका र युवाहरूको अधिकार र कल्याणका लागि विभिन्न विषयमा छलफल गर्दै उक्त कार्य गति दिने प्रतिबद्धता जनाएका हुन् ।
छलफल खासगरी बालबालिका विरुद्धको हिंसा अन्त्य गर्ने, विशेष गरी बाल प्रारम्भिक र जबरजस्ती विवाह र युनियनहरू, बालबालिकामा जलवायु परिवर्तनको प्रभाव, र यी पहलहरूमा बालबालिकाको अर्थपूर्ण संलग्नता सुनिश्चित गर्ने जस्ता विषयमा केन्द्रित रहेको थियो ।
सोही क्रममा सार्क र एजेएफ दुवैले यस क्षेत्रका बालबालिका र युवाहरूको अधिकार र कल्याणलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरे ।
बालबालिकाविरुद्धको हुने हिंसा, बाल विवाह, जलवायु परिवर्तनले बालबालिकामा पारेका असरलगायत विषयमा छलफल गरी बालबालिकाको अधिकार सुनिश्चित गरी विद्यमान चुनौती संयुक्तरुपमा समाधान गर्दै जानेमा सबै एकजुट भएको अन्तरक्रियामा सहभागी प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशनले बताए ।
उनका अनुसार छलफलमा क्रममा सार्क र एजेएफ दुवैले यस क्षेत्रका बालबालिका र युवाहरूको अधिकार, बालविवाहको अन्त्य, सचेतना अभिवृद्धिलगायत क्षेत्रमा एकसाथ काम गर्ने ऐक्यबद्धता जनाएका छन् ।
विश्वव्यापी रूपमा करिब ६५० मिलियन युवती र महिलाहरू १८ वर्षको उमेर नपुग्दै विवाह गर्ने गरेका छन्, जसमा दक्षिण र दक्षिणपूर्वी एशियामा सबैभन्दा धेरै संख्या छ । दक्षिण एसियामा मात्रै विश्वका कम उमेरमा विवाह गर्ने युवती ४५ प्रतिशत अर्थात २९ करोड बराबर रहेको छ ।
यसले अफगानिस्तान, भुटान, बंगलादेश, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलंकालाई महत्त्वपूर्ण रूपमा असर गर्ने गरेको बताइन्छ ।
बैठकमा सेभ द चिल्ड्रेन, चाइल्डफन्ड इन्टरनेशनल श्रीलंका, एसओएस चिल्ड्रेन भिलेज नेपाल, टेरे डे होम्स नेदरल्यान्ड्स, टेरे डे होम्स जर्मनी, वर्ल्ड भिजन नेपाल, सीआरसी एसिया, प्लान इन्टरनेशनललगायत संस्थाका ४० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
बालविवाहले बालिकाहरूमा पार्ने असर, सोको कारण र दरका बारेमा धेरै अध्ययनहरू भएका छन् तर बालकहरूको बालविवाहको विषयमा भने थोरै मात्र अनुसन्धान भएको छ । बालविवाहको जोखिममा रहेका बालबालिका विशेष गरी निम्न आय परिवारका, ग्रामीण क्षेत्रमा बसोबास गर्ने र औपचारिक शिक्षा हासिल नगरेका वा कम हासिल गरेका हुने गरेको तथ्यांकले देखाएको छ ।

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_0YaQ9xicKG_jm1n4qzlgjtnqmxamk6h4mkpzuyew7dgqx2kzb9iq5qxvnmac88ooyivem5a.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

प्रतिक्रिया