आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु

फाइल फोटो

सर्लाही - सर्लाहीको वागमती नगरपालिका स्थित चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती १ मिलनचोक घर भएकी दिल बहादुर आले मगरको श्रीमती ६४ बर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको वागमतीमै सामान्य उपचार पछि थप उपचारको लागि नारायणी  अस्पताल वीरगंज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।