पहिलो राष्ट्रपति बहसमा आमनेसामने भए बाइडन-ट्रम्प

काठमाडौँ- अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ ।
यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन् ।
सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो । बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्नेबारे टस गरिएको थियो र सो टस डोनाल्ड ट्रम्पले जितेका थिए ।
बहस अघि बाइडन र ट्रम्पले हात मिलाउन अस्वीकार गरेका थिए भने बाइडनले ट्रम्पलाई कस्तो छ भनेर सोधेको प्रश्नको जवाफ ट्रम्पले दिएका थिएनन् ।
बहस विभिन्न मुद्धामा भएको थियो । जसमा अवैध आप्रवासी, एबर्सन, इजरायल- हमास युद्ध, रुस युक्रेन युद्ध, रुस र चीन सम्बन्ध, बन्दुकबाट हुने अपराध, कर, महंगी, बेरोजगारी र जलवायु परिवर्तन जस्ता मुद्धामा बहस भएको थियो ।
बहसका क्रममा राष्ट्रपति बाइडनको स्वास्थ्य ठिक नरहेको प्रष्ट देख्न सकिन्थ्यो । उनले बोल्न संघर्ष गरिरहेको टेलिभिजनमा देखिएको थियो ।
बहसका क्रममा बाइडनले ट्रम्पले धेरै विषयमा झुट बोल्ने गरेको आरोप लगाएका थिए भने ट्रम्पले बाइडन अमेरिकी इतिहासमा अहिलेसम्मकै असफल राष्ट्रपति भएको बताएका थिए ।
यो बहस सीएनएनका एन्कर जेक ट्यापर र डाना बासले सञ्चालन गरेका थिए । बहसका लागि केहि नियम बनाइएको थियो । मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २-२ मिनेटको समय दिइएको थियो भने आरोपहरुको प्रतिवाद गर्न एक एक मिनेटको समय दिइएको थियो । एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो ।

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

अन्तरिक्षमा भेटियो रहस्यमय भाइरस, वैज्ञानिकहरू नै देखेर अचम्मित

'प्यालेस्टाइनी पक्षधर' सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

इजिप्टमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, सात घाइते

प्रतिक्रिया