कोपा अमेरिका : अमेरिकाको पोस्टमा पानामाको दुई गोल

काठमाडौँ- पानामाले अमेरिकामाथि जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समुह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ ।
पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए ।
पानामाले १-० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो । यस खेलमा दुवै देशका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको १८औं मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औं मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए ।
पानामाको यो जितपछि समुह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।
अब पानामाले आफ्नो समुह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ भने अमेरिकाले सोहि दिन उरुग्वेको सामना गर्ने छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया