बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा

तनहुँ- पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रूपमा विशेष पौराणिकता झल्काउन लागिएको हो ।
बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।
बन्दीपुरमा आउने पर्यटकको लगत राख्न र घरबास (होमस्टे) होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गरिने, घरबासको संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गरी घरबास सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायत पर्यटकीयस्थलको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरिने अध्यक्ष थापाले बताए ।
स्थानीय उत्पादनको पहिचान गर्ने र बजार सम्भाव्यता अध्ययन गरी उक्त उत्पादनको ब्रान्डिङ गरिने, पालिकाले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादन गरेका हस्तकलासम्बन्धी सामानको कोसेली घरमार्फत बिक्रीवितरण गरिने थापाले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यमा क्रमशः खुला व्यायामशाला विस्तार गर्दै लगिने, पर्यटकीय क्षेत्रमा रहेका प्राकृतिक शिलालाई थप आकर्षक बनाइने, बन्दीपुरका २५ पोखरी तालपार्कको निर्माण यसैवर्ष सुरुआत गरिने जनाइएको छ । साथै बृहत् झप्रीफाँट जलाशय र देवीथुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन गरी अगाडि बढाइने, पर्यटन पूर्वाधार विकास गरी बन्दीपुरको हरेक गाउँ पर्यटकीय ठाउँका रूपमा प्रवर्द्धन गरिने थापाले उल्लेख गरे ।
बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै हस्तकलासम्बन्धी सामग्री, टुरिस्टगाइड हस्पिटालिटी तालिम, होमस्टे तालिम, रैथाने बाली परिकारलगायतका सीपमूलक तालिम सञ्चालन गरी कोसेली घरलाई थप प्रभावकारी बनाइने थापाले बताए ।
बन्दीपुरको पर्यटनलाई थप उचाइ प्रदान गर्न देशका ठूला सहर काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनीलगायतका स्थानमा ‘घुम्न जाउँ है बन्दीपुर’ अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया