युद्धरत इजरायलमा सुसारे र नोकरमा नेपाली पठाउने निर्णय बिडम्बनापूर्ण र पाखण्ड - भीम रावल

काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले युद्धरत इजरायलमा सरकारले सुसारे र नोकरमा नेपाली पठाउने निर्णय बिडम्बनापूर्ण र पाखण्ड भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले प्रवासी नेपालीलाई स्वदेश फर्काउने नारा दिने रास्वपाका श्रम मन्त्री र बाह्य प्रभुत्व विरुद्ध लड्ने नारा दिँदै जनतालाई 'जनयुद्ध' मा होम्ने 'माओवादी' प्रधानमन्त्रीको सरकारले यस्तो निर्णय गर्नु बिडम्बनापूर्ण र पाखण्ड भएको बताएका हुन् ।
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको छ । मंगलबार वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।
मंगलबार प्रकाशित सूचना अनुसार २१ दिनभित्रमा अनलाइन मार्फत आवेदन दिन सकिने जनाएको छ ।
प्रवासी नेपालीलाई स्वदेश फर्काउने नारा दिने रास्वपाका श्रम मन्त्री र वाह्य प्रभुत्व विरूद्ध लड्ने नारा दिदै जनतालाई 'जनयुद्ध' मा होम्ने 'माओवादी' प्रमंको सरकारले युद्धरत इजरायलमा (जहाँ पहिल्यै १० नेपाली अपहरण भएका)सुसारे-नोकरमा नेपालीलाई पठाउने निर्णय गरेछ।विडम्बनापूर्ण पाखण्ड!
— Bhim Rawal, PhD (@BhimRawal179) June 26, 2024

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया