नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ ।
वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह शून्य दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव १४ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव २९, जलविद्युत् शून्य दशमलव ५८, लगानी शून्य दशमलव ९१ र जीवन बीमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ५५ र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव २६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १६ करोड ४६ लाख १८ हजार आठ सय ३० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको दुई लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

संघीय सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया